घरबाटोको सिफारिसमा वडाध्यक्षलाई घुस

घरबाटोको सिफारिसमा वडाध्यक्षलाई घुस

घुससहित पक्राउ परेका कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उजेर अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
 
आयोगको बुटवलबाट खटिएको टोलीले गत चैत १८ गते उनलाई १५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको देखिन आएको अख्तियारले जनाएको छ । 

वडाध्यक्ष अलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम मुद्दा दर्ता गरिएको छ ।

टिप्पणीहरू