बाच्छो काटेर मासु आगोमा सेकाउँदै गर्दा प्रहरी पुगेपछि...

बाच्छो काटेर मासु आगोमा सेकाउँदै गर्दा प्रहरी पुगेपछि...

गाईको बाच्छो काटेको अभियोगमा भक्तपुरबाट तीन जना पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित एचएम इँटाभट्टामा बस्दै आएका ४२ वर्षीय वीरबहादुर तामाङ, ३५ वर्षीय काशीराम लोप्चन र ३४ वर्षीय च्याङ्बा तामाङलाई प्रहरीले बाच्छो काटेको अभियोगमा पक्राउ गरेको जनाएको छ । 

उनीहरुले गत शुक्रबार ताथलीस्थित भद्रकाली खोलामा गाईको बाच्छो काटेको उजुरी परेपछि प्रहरी प्रभाग सुडाल र प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले घटनास्थलमा रगत र गोबर फेला पारेको थियो । 

अनुसन्धानको क्रममा उक्त कार्यमा उनीहरुको संलग्नता भेटिएको प्रहरीले जनाएको छ । इँटाभट्टा नजिकै दुई किलो बाच्छोको मासु आगोमा सेकाउँदै गरेको अवस्थामा फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । 

पक्राउ परेका तीनै जनामाथि पशुपन्छीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू