राजधानीको खाजाघरमा यौनधन्दा, नाबालिकाको उद्धार

राजधानीको खाजाघरमा यौनधन्दा, नाबालिकाको उद्धार

राजधानीको एउटा खाजाघरमा वेश्यावृति गराइएको छ । वेश्यावृत्तिमा नाबालिकालाई संलग्न गराएको पाइएपछि सञ्चालक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१६, स्थित ‘लाफा’ खाजाघर सञ्चालन गर्दै आएका उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले बालिकाहरुलाई डरत्रास र प्रलोभनमा खाजाघरमा वेश्यावृत्तिमा लगाउने गरेको पाइएको प्रहरीको भनाइ छ । 

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । खाजाघरबाट एक जना बालिकाको उद्धार गरिएको छ । 

पक्राउ परेका मगरमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू