घुस्याहा लेखापाललाई विशेष अदालतमा उभ्याईंदै

घुस्याहा लेखापाललाई विशेष अदालतमा उभ्याईंदै

घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगको टंगालबाट खटिएको टोलीले गत फागुन २९ गते उनलाई १५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको क्रममा धरौटी रकम फिर्ता गरिदिने नाममा सेवाग्राहीसँग उक्त रकम बुझेको खुल्न आएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम मुद्दा दायर गरिएको बताएको छ ।

टिप्पणीहरू