मलंगवामा लाखौं भेटियो, स्रोत भेटिएन

मलंगवामा लाखौं भेटियो, स्रोत भेटिएन

सर्लाहीमा स्रोत नखुलेको २७ लाख ७५ हजार रकमसहित दुई जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका–३ का कमर राजा हुसेन र आरिफ अन्सारी उक्त रकमसहित पक्राउ परेका हुन् । 

उनीहरुलाई आज बिहान नगरपालिकाको ९ नम्बर वडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सविनकुमार कार्कीले जानकारी दिए । उनका अनुसार दुवैजना हुण्डी कारोबारमा संग्लन रहेको अनुमान गरिएको छ । 

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू