घुस्याहा वडाध्यक्षमाथिको अनुसन्धान जारी

घुस्याहा वडाध्यक्षमाथिको अनुसन्धान जारी

कपिलवस्तुमा एकजना वडाध्यक्ष घुससहित फेला परेका छन् । महाराजगन्ज नगरपालिका–२ का वडाध्यक्ष अजिर अली मुसलमान आज बिहान पक्राउ परेका हुन् । 

उनलाई स्थानीय सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ । 

उनले घरको नक्सा पास गरिदिने नाममा सेवाग्राहीसँग घुस लिएको आयोगको बुटवल कार्यालय सूचना अधिकारी ईश्वरप्रसाद आचार्यले बताए । उनका अनुसार अलीले यसअघि पनि सेवाग्राहीसँग घुस लिएको आशंका गरिएको छ । 

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

टिप्पणीहरू