साढे १८ लाख रुपैयाँ बोकेका भरिया प्रहरी नियन्त्रणमा

साढे १८ लाख रुपैयाँ बोकेका भरिया प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

प्रहरीले अवैध नगदसहित दुई जनालाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का २३ वर्षीय रिसव श्रेष्ठ र ३७ वर्षीय देवेन्द्र न्यौपाने स्रोत नखुलेको लाखौँ रुपैयाँसहित नागढुंगामा समातिएका हुन् । 

थानकोट नागढुंगास्थित चेकपोष्टमा लु.२ ख ४५३५ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसमा सवार रिसवको साथबाट प्रहरीले साढे १८ लाख रुपैयाँ नगद बरामद गरेको बताइएको छ । अनुसन्धानको क्रममा उक्त रकम काठमाडौंमा रहेका देवेन्द्रलाई पुर्याइदिन उनलाई भरियाका रुपमा प्रयोग गरिएको खुल्न आएको छ । 

हिजो पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

टिप्पणीहरू