भारतीय सञ्चारमाध्यम भन्छन् : विनोद चौधरीजति अवसरवादी अरु को होला !

भारतीय सञ्चारमाध्यम भन्छन् : विनोद चौधरीजति अवसरवादी अरु को होला !
सुन्नुहोस्

विवादास्पद व्यापारी तथा नेपाली काँग्रेसका सभासद विनोद चौधरी यतिखेर विदेशमा छन् । गत बिहीबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिएपछि उनी दिउँसो श्रीलंकाको राजधानी कोलम्बोतर्फ उडेका थिए ।

त्यसअघि पनि गत माघ १८ गते कान्छो भाइ अरुणलाई ब्युरोले नियन्त्रणमा लिएसङ्गै उनी एकाएक नयाँ दिल्लीतिर हान्निएका थिए । काठमाडौंको बाँसबारीस्थित तत्कालीन छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा ब्युरोले उनी र सम्बन्धित व्यक्तिसँग बयान लिएको थियो ।

तर,प्रहरीमा बयान दिन जाँदैमा सबैथोक सकिएझैँ उनले बयानपछि अप्रत्यक्षरुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेमाथि ‘स्टन्ट’ गरेको आरोप पनि लगाए । उनै चौधरीले यता अप्ठेरो परेको बेला भारतीय सञ्चारमाध्यमलाई प्रयोग गर्ने गरेको पाइएको छ । पछिल्लो पटक उनले आफूलाई धनीसँगै निकै दानी र मनकारी व्यक्तिको रुपमा प्रस्तुत गरेको पाइएको छ  । 

तर,डिएनएइण्डिया डट कमले अस्ति प्रकाशित गरेको समाचारमा चौधरीलाई अवसरवादी किटान गरिएको छ । थाइल्याण्डको वाइवाइ तयारी चाउचाउ आफूले नेपालमा भित्र्याएको र लगानी सबै आफ्नो रहेको उनको दाबी छ । तर, यसबारेको रहस्य २०५८ सालमा भएको राजदरबार हत्याकाण्डपछि सबै पटाक्षेप भइसकेको छ ।

वाइवाइपछि जापानी कम्पनी नेशनल पानासोनिकको साझेदार बन्ने योजना रहेको थियो । त्यसपछि उनले नेपालमा सुजुकी मोटर्सको आधिकारिक बिक्रेताको इजाजत लिने प्रयास गरेको सन्दर्भमा उक्त अनलाइनले चौधरीलाई अवसरवादीको संज्ञा दिएको हो ।

सिंगापुरको सिन्नोभेसन ग्रुपमा सन् १९९० देखि साझेदारीको हैसियत कायम राखेको पनि समाचारमा उल्लेख छ । त्यसपछि १९९५ मा नबिल बैंकको सेयर हत्याएको लेखेर समाचारमा उनलाई निकै दानीको रुपमा प्रस्तुत गरिएको छ । सिन्नोभेसन ग्रुपमा साझेदारी र नबिल बैंकको सेयर खरिद दुवै गैरकानुनी रहेको यसअघि नै पुष्टि भइसकेको छ । तर, सरकारी निकायले कारवाही गर्न सकेका छैनन् ।

२०७२ को महाभूकम्पपछि विद्यालय तथा सर्वसाधारणको आवास निर्माणमा २० करोड रुपैयाँ खर्चेको, पाँच लाख प्याकेट चाउचाउ बाँडेको, हजारौं जुसका कार्टुन,खाना र पानी वितरण गरेको बताउँदै आफूलाई मनकारी भएको देखाउन खोजिएको बुझ्न सकिन्छ । जबकि पाँच लाख प्याकेट चाउचाउको मूल्य १ करोड रुपैयाँ पर्छ भने जुसको ५० लाख, पानी र खानाकेही लाख मात्रै पर्ने देखिन्छ ।

टिप्पणीहरू