दोलखामा आगलागी, वृद्धको मृत्यु

दोलखामा आगलागी, वृद्धको मृत्यु

दोलखाको विगुमा आज बिहान भएको आगलागीमा परेर एक जना वृद्धको ज्यान गएको छ । विगु गाउँपालिका–८ मा सल्केको आगोमा खोपाचाँगुका ८३ वर्षीय खड्गबहादुर श्रेष्ठको मृत्यु भएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय सिंगटीका अनुसार जस्ताको टहरामा रहेको श्रेष्ठको पसलमा बिहानीपख आगलागी भएको हो । पसलमा एक्लै बस्दै आएका उनको जलेर निधन भएको छ ।

प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन । आगलागीबाट पसल पूर्ण रूपमा जलेको छ ।
 

टिप्पणीहरू