बनेपामा गुडिरहेको बस घरको गेटमा, एक दर्जन यात्रु अस्पतालमा

बनेपामा गुडिरहेको बस घरको गेटमा, एक दर्जन यात्रु अस्पतालमा
सुन्नुहोस्

बनेपामा आज भएको बस दुर्घटनामा एक दर्जन घाइते भएका छन् । बाँसडोलबाट बनेपातर्फ जाँदै गरेको बा.२ ख ९४५६नम्बरको बस अनियन्त्रित भएर थुम्कास्थित शिवप्रसाद ज्ञवालीको पक्की घरको गेटमा ठोक्किएको बताइन्छ । 

बसमा सवार ३० जनामध्ये एक दर्जन घाइते भएका छन् । उनीहरुको शिर मेमोरियल अस्पताल बनेपामा उपचार गरिएको छ । बस ठोक्किएकाले घरको अगाडिको भाग क्षतिग्रस्त देखिन्छ ।

बस चालक बाह्रबिसेका २५ वर्षे मिलन सापकोटाको अनुहारमा चोट लागेको छ भने स्थानीय २२ वर्षीया सविता थापाको दुई वटा दाँत भाँच्चिएको बताइन्छ । 

स्थानीय ६१ वर्षीया देवकी राउत, ३६ की अनिता कार्कीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । अन्य घाइते अधिकांशका गोडा, अनुहार र टाउकोमा चोट लागेको देखिन्छ । 

दुर्घटनामा ११ महिनाकी शिशुको पनि टाउकोमा चोट लागेको छ ।
 

टिप्पणीहरू