स्मार्टफोनमा व्यस्त जीवन (फोटोफिचर)

स्मार्टफोनमा व्यस्त जीवन (फोटोफिचर)
सुन्नुहोस्

अहिले प्रविधिको युग छ । प्रविधिसँग हरेक उमेरका मानिस अभ्यस्त बन्दै गएका छन् । सबैको हातमा स्मार्टफोन देखिन्छ । मोबाइल सबैका लागि अनिवार्य साधन बनेको छ । 

दशक अगाडिलाई फर्केर हेर्ने हो भने यो एउटा कथाझैँ लाग्छ । त्यतिबेला शहरमा एकाध टेलिफोन बुथहरु थिए । गाउँघरका लागि टेलिफोन आकाशको फल सरह थियो ।

मोबाइल फोनले अहिले धेरैको दैनिकीलाई सहज बनाइदिएको छ । देश विदेशमा बसेर आफूले चाहेको व्यक्तिसँग सजिलै कुराकानी गर्न सकिन्छ । कतिपयलाई समय कटाउने माध्यमसमेत बनेको छ, मोबाइल फोन । 

अत्यधिक मोबाइल प्रयोगका कारण बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्यमा असर पर्न थालेको छ ।

टिप्पणीहरू