दुई कोठे विद्यालय भवन निर्माणमा पौने लाख भ्रष्टाचार

दुई कोठे विद्यालय भवन निर्माणमा पौने लाख भ्रष्टाचार

रौतहटमा विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरिएको छ । ईशनाथ नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसार प्रमुख प्रशासकीय अधिकृत गुप्तासहित नगरपालिकाका तत्कालिन इन्जिनियर सत्यपाल सौरभ र आधारभूत विद्यालय लक्ष्मीनिया, रौतहटका प्रधानाध्यापक मुहमद समिम अख्तरलाई पनि भ्रष्टाचारी ठहर गरेको छ ।

ईशनाथ नगरपालिका–५, स्थित आधारभूत विद्यालय लक्ष्मीनिया, जटहरामा दुई कोठे पक्की भवन निर्माण गर्दा उनीहरुले मापदण्ड, गुणस्तर र इष्टिमेट विपरीतको कार्य गरी भ्रष्टाचार गरेका हुन् । आयोगको अनुसन्धानबाट ८६ हजार छ सय ४७ रुपैयाँ बढी भुक्तानी दिइएको अख्तियारले दाबी गरेको छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम उक्त रकम जफत गरी जरिवाना र सजाय हुन मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
 

टिप्पणीहरू