महरालाई एअरपोर्टबाट सीधै सिआइबी लगियो

महरालाई एअरपोर्टबाट सीधै सिआइबी लगियो
सुन्नुहोस्

हुलाकी मार्ग भएर रुपन्देहीबाट दाङ्ग जाँदै गर्दा कपिलवस्तुको पकडीबाट बाटो छेकी समातिएका माओवादी उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई सीधै केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोतर्फ लगिएको छ ।

काठमाण्डौमा जहाज ओर्लनासाथ उनलाई एसएसपी दिनेश आचार्य नेतृत्वको टोलीले आन्तरिक टर्मिनल परिसरबाट बा प्रदेश ०१ ०२८ च ६९६५ नम्बरको सेतो स्कोर्पियो गाडीमा राखी लैनचौरस्थित नयाँ कार्यालयतर्फ लिएर गएको छ ।

उनलाई यति एअरको जहाजबाट एकछिनअगाडि काठमाण्डौ ल्याइएको थियो । काठमाण्डौमा जहाज ओर्लनासाथ उनलाई एसएसपी दिनेश आचार्य नेतृत्वको टोलीले  आन्तरिक टर्मिनल परिसरबाट बा प्रदेश ०१ ०२८ च ६९६५ नम्बरको सेतो स्कोर्पियो गाडीमा राखी लैनचौरस्थित नयाँ कार्यालयतर्फ लिएर गएको छ ।

आजै अदालतबाट म्याद थपेर उनलाई सुन तस्करीमा सँलग्न चिनियाँ फलफूल व्यापारी वाङ्ग दाओजिनसङ्ग टेलिफोन सम्पर्क देखिएको आधारमा थप अनुसन्धानका निम्ति थुनामा राख्ने तयारी छ ।
 

टिप्पणीहरू