घाँस काट्ने विषयमा वृद्धहरुबीच हानाहान, एक जनाको अवस्था गम्भीर

घाँस काट्ने विषयमा वृद्धहरुबीच हानाहान, एक जनाको अवस्था गम्भीर सांकेतिक तस्विर

काभ्रेपलाञ्चोकको नमोबुद्धमा दुई जना वृद्धबीच भएको लाठी हानाहानमा एक जना गम्भीर घाइते भएका छन् । ७० र ६९ वर्षे वृद्धहरुबीच घाँस काट्ने निहुँमा विवाद हुँदा लाठी प्रहार भएको बताइएको छ ।

स्थानीय ७० वर्षे हरिप्रसाद ओझा र ६९ वर्षका नारायणप्रसाद सिलवालबीच खेतबारीमा काट्ने घाँसबारे गलफत्ति भएको थियो । विवाद चर्केपछि दुबैले लाठी हानाहान गर्दा ओझाको टाउकोमो गहिरो चोट लागेको प्रहरीले बताएको छ । उनलाई उपचारार्थ धुलिखेल अस्पताल ल्याइएको छ ।

घाइते सिलवालको भने भकुण्डेबेशीस्थित मेथिनकोट अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

टिप्पणीहरू