प्रेम प्रस्ताव स्वीकार नगर्दा युवतीको हत्या

प्रेम प्रस्ताव स्वीकार नगर्दा युवतीको हत्या
सुन्नुहोस्

गत फागुन २४ गते शिवपुरीको जंगलमा मृत भेटिएकी सुष्मा लामाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका-३ तारेभीरका २१ वर्षीय रुपेन्द्र लामा समातिएका हुन् । 

सुष्मा गत माघ २२ गते बिहान विद्यालयको लागि घरबाट हिँडेकी थिइन् । तर एक महिनापछि गत फागुन २५ गते शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा उनको शव गाडेको अवस्थामा भेटिएको थियो । 

प्रहरीका अनुसार सुष्माले माघ २३ गते फेसबुकमा विवाह गरेको फोटो पोष्ट गर्दै आफू ३ दिनमा घर फर्किने बताएकी थिइन् । तर तीन दिनसम्म पनि घर नफर्किएपछि सुष्माको परिवारले माघ २५ गते प्रहरी वृत्त बौद्धमा जाहेरी दिएको थियो । 

सुष्माले माघ २३ गते फेसबुकमा विवाह गरेको फोटो पोष्ट गर्दै आफू ३ दिनमा घर फर्किने बताएकी थिइन् ।

करिब एक महिनाको अनुसन्धानपछि प्रहरीले फागुन २४ गते साँझ हातमात्र देखिएको अवस्थामा सुष्माको शव गाडिएको अवस्थामा फेला पारेको हो । 

सुष्माले प्रेम प्रस्ताव अस्वीकार गरेपछि रुपेन्द्रले हत्या गरेको अनुसन्धानबाट खुलेको छ । रुपेन्द्रले प्रहरीसमक्ष आफूले सुष्मालाई ८ महिनादेखि एकोहोरो मन पराएको र पटक–पटक प्रेम प्रस्ताव राख्दा स्वीकार नगरिएपछि हत्या गरेको बयान दिएका छन् । 

रुपेन्द्रको कोठाबाट प्रहरीले खाल्डो खन्न प्रयोग भएको कुटो, सुष्माको मोबाइल र झोला (किताव/कापी) समेत बरामद गरेको छ ।

टिप्पणीहरू