बनेपाको मोबाइल पसलमा नक्कली नोट छाप्ने मेसिन

बनेपाको मोबाइल पसलमा नक्कली नोट छाप्ने मेसिन

प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित काभे्रपलाञ्चोकको बनेपाबाट एक युवकलाई पक्राउ गरेको छ ।

बनेपा ५ मा एचएम मोबाइल केयर सेन्टर मोबाइल पसल सञ्चालक २५ वर्षे सविन हुमागाईं नोट छाप्ने मेसिन र नक्कली नोटसहित फेला परेका हुन् ।

प्रहरीका अनुसार काभ्रेकै बेथानचोक–३ घर भएका सविनको साथबाट मेसिन, एकहजार दरका ६९ थान र पाँच सयको एउटा नक्कली नोटका साथै आइफोन बरामद भएको छ ।
 

टिप्पणीहरू