सीमावर्ती शहरमा हुण्डी कारोबार बढ्दै

सीमावर्ती शहरमा हुण्डी कारोबार बढ्दै

पर्सामा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१० बस्ने ३२ वर्षीय कुनालकुमार जैसवाल, महानगर–२२ का ३९ वर्षीय वीरेन्द्र साह तेली, २० वर्षीया रेखाकुमारी साह र जगरनाथपुर गाउँपालिका–६ बस्ने २५ वर्षीय मितुकुमार कुर्मीलाई प्रहरीले पक्रेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनीहरुलाई हिजो बेलुकी नियन्त्रणमा लिएको जनाइएको छ । 

उनीहरुको साथबाट विभिन्न बैंकका १३ थान चेकबुक, लेखेर ठिक्क पारिएका ६६ थान चेक, डिपोजिट स्लिप पाँच थान, चार लाख तीन हजार रुपैयाँ, तीन थान एटीएम कार्ड र सात थान मोबाइल बरामद गरिएको छ ।

पक्राउ परेका चारै जनामाथि बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू