मन्त्रीहरुको शपथअघि प्रधानमन्त्री शीतल निवासमा

मन्त्रीहरुको शपथअघि प्रधानमन्त्री शीतल निवासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ । उहाँ राष्ट्रपति रामचन्द्र पौडेललाई विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउन जानुभएको हो ।

काँग्रेस छाडेर एमालेलगायत राजनीतिक दलहरुसँग गठबन्धन कायम भएपछि  नयाँ क्याबिनेट गठनको तयारी छ । त्यसबारे पनि प्रधानमन्त्री प्रचण्डले जानकारी गराउनुहुने बताइएको छ ।

नयाँ मन्त्रीहरुको सपथ आजै शीतल निवासमा हुने छ ।

टिप्पणीहरू