दिल्लीबाट फर्केका बिनोद चौधरी तुरुन्तै दुबईतिर

दिल्लीबाट फर्केका बिनोद चौधरी तुरुन्तै दुबईतिर

नेपाली कांग्रेसका सांसद तथा विवादित व्यापारी विनोद चौधरी दुबई पुगेका छन् ।  

बाँसबारीको सरकारी जग्गा घोटाला काण्डमा समातिएका कान्छा भाइ अरुण चौधरी रिहा भएकै दिन दिल्ली गएका उनी त्यताबाट फर्किएर आज दुबई उडेका हुन् । चौधरी फ्लाई दुबईको उडान नम्बर एफजेड-५७६ मा साँझ सवा ७ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको बताइएको छ । 

नेपालबाट पैसा लगेर विभिन्न मुलुकमा होटललगायतका व्यवसायमा लगानी गरेका चौधरीको दुबई आउजाउ बाक्लो रुपमा हुने गरेको छ ।

टिप्पणीहरू