काठमाडौंमा नेपाल–पाकिस्तान मैत्री टी–२० को तयारी

काठमाडौंमा नेपाल–पाकिस्तान मैत्री टी–२० को तयारी

काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता, २०२४’ को आयोजना गर्ने भएको छ । दूतावासले नवौं संस्करणको क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ । 

प्रतियोगिता मार्च २ देखि १० सम्म दूतावासको महाराजगञ्जस्थित मैदानमा हुँदै छ । प्रतियोगितामा नेपालमा दर्ता भएका क्रिकेट क्लब र दूतावासको टोलीको सहभागिता रहनेछ । १२ वटा टोलीले खेलमा प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिता नेपाली क्रिकेट समुदाय र फ्यानहरु माझ निकै लोकप्रिय रहेको दूतावासको जिकिर छ । 

नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता हरेक वर्ष आयोजना गर्ने गरिएको छ । जसमा नेपालका विभिन्न क्लब र एकेडेमीका क्रिकेट टोलीहरुले सहभागिता जनाउँदै आएका छन् । सो खेल ‘स्पोर्ट्स च्यानल’ र सामाजिक सञ्जालमार्फत् प्रशारण गरिने दूतावासले जानकारी दिएको छ ।
 

टिप्पणीहरू