फसाद किन भइरहन्छ फौजमा !

फसाद किन भइरहन्छ फौजमा !

सम्झिँदैमा दिक्क लाग्ने समाचार छ– पोखराबाट काठमाडौं घुम्न आएको डिएसपी एउटी युवतीको पछि लाग्छ । उनी पिसाब फेर्न जान्छिन् । डिएसपीचाहिँ पछाडिको नग्न भाग कस्तो हुन्छ भनेर प्वालबाट चिहाउँदै भिडियो बनाउँछ र हिरासतमा पुग्छ ! 

सशस्त्र प्रहरीको पोखरास्थित नम्बर ४ बाहिनीअन्तर्गत लेखामा कार्यरत डिएसपी तुलसिंह केसीले यस्तो हर्कत गरेका हुन् । उनलाई गत बिहीबार स्वयम्भूबाट पक्राउ गरी हिरासतमा राखिएको छ । मानिसका दिमागी समस्या पनि कस्ता–कस्ता हुँदा रहेछन् भने, युवती एक जना प्रेमीसहित रेष्टुरेण्टमा पसेकी थिइन् । डिएसपी एक्लै बसे, मापसे पनि गरे । छेउमै खाइरहेकी युवती पिसाब लागेर शौचालय छिरिन् । ढोकामा एउटा सानो प्वाल रहेछ । त्यहाँबाट आफूले हेरे, मोबाइलबाट भिडियो पनि खिचे । महिलाले टुक्रुक्क बसेर पिसाब फेर्दा उनको पछाडिको नग्न भाग खुला हुने नै भयो । त्यही भाग हेरेर मनोरञ्जन लिन वा अरु कुन उद्देश्यले तुलसिंहले त्यस्तो गरेका हुन्, अहिलेसम्म खुलेको छैन । तर, सही–सद्दे हालतको एउटा मान्छेले गर्ने काम हैन त्यो ।

रोल्पा– रुकुमको माओवादी सोर्सफोर्स लगाएर पोखरा पोष्टिङ पाएका डिएसपी तुलसिंहका यस्ता हर्कतबारे युवतीले थाहा पाइन् र त्यहीँ झगडा भयो । युवतीले स्वयम्भू प्रहरी वृत्तकी डिएसपी पूर्णिमा चन्दलाई फोन गरिन् । यौन दुराचारसम्बन्धी उनकै जाहेरीका आधारमा केसी पक्राउ परेका हुन् । 

उता, सशस्त्र प्रहरीमा पोष्टिङको अवधी पुगिसक्दा पनि कतिपयले वर्षाैंसम्म एउटै युनिटमा बस्ने मौका पाएका छन् । हालैको सरुवामा विपद उद्धार गण (२० नम्बर गण) का एसपी पूर्णबहादुर साउदको सरुवा भएन । बंगलामुखी विशेष कार्यदल (१९ नं. गण) का एसपी समिककुमार महर्जन पनि सरुवामुक्त भए । त्यसमाथि उक्त गणलाई ‘उत्कृष्ट’ भनिएकोमा आपत्ति जनाइँदै छ । किनभने, पुस १३ मा बालकुमारीमा दुई युवकको ज्यान जाने हदको घटना भयो । त्यसबेला कार्यदल बेपत्ता थियो । अहिलेसम्म उक्त फौज कतै परिचालन भएको छैन । सीमा र गस्तीमा गएको छैन । स्पेशल टास्कफोर्स भनिएको छ, स्पेशल काम गरेको छैन ।

तर, गणलाई उत्कृष्ट भनियो भन्दै आपत्ति जनाइएको हो । चल्ता–फिर्ता एसपीहरुको अझै पनि राइँदाइँ चलिरहेको छ, सोझाहरु विभिन्न ठाउँमा थन्किएका छन् । दार्चुलाको राशन काण्डमा बदनाम त्रिभुवन विष्टले फेरि गण सम्हाल्ने मौका पाएका छन् । निलम्बन भएर घटुवा पाएका हर्क पन्त दार्चुला पुगे । उनी अस्पताल र कार्यदलमा झण्डै १८ महिना बसेका व्यक्ति हुन् ।
 

टिप्पणीहरू