क्रिकेटमा क्यानाडालाई हराएको नेपालले फुटबलमा चीनलाई पनि जित्यो

क्रिकेटमा क्यानाडालाई हराएको नेपालले फुटबलमा चीनलाई पनि जित्यो
सुन्नुहोस्

चिनियाँ परम्परागत नयाँ वर्ष तथा वसन्त चाडको उपलक्ष्यमा काठमाडौंमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धामा नेपाल विजयी भएको छ । नेपालले चीनलाई ५–१ गोल अन्तरले पराजित गरेको छ । 

दुबै मुलुकका २३ वर्षभन्दा मुनिका खेलाडीहरुबीच दशरथ रंगशालामा भएको खेलमा नेपालले प्रतिस्पर्धाको पहिलो २ मीनेटमा नै चीनविरुद्ध गोल गरेको थियो । प्रतिस्पर्धामा नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

फुटबलअघि रंगशालामा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली चिनियाँ कलाकार तथा खेलाडीले आफ्नो कला प्रस्तुत गरेका थिए।

भव्य सांस्कृतिक समारोहमा खेलाडीहरुले उसु र कराँते खेलको कौशल प्रस्तुत गरेका हुन् । नेपाली सांगीतिक ब्याण्ड कुटुम्बको लाइभ प्रस्तुती रहेको सांस्कृतिक कार्यक्रम र फुटबल प्रतिस्पर्धामा रंगलशालामा नेपाली र चिनियाँहरुको बाक्लो उपस्थिति थियो  ।

कार्यक्रममा कलाकारहरुले डगन, लायन र किरिन नृत्य प्रस्तुत गरेका थिए । चिनियाँ पात्रो अनुसार आजदेखि शुरु भएको नयाँ वर्ष डगन वर्ष हो । आजैदेखि चिनियाँहरुको दशैं अर्थात वसन्त चाड पनि शुभारम्भ भएको छ । नेपालमा तामाङ जातिले पनि आज ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् ।
 

टिप्पणीहरू