ललिउड गायक आतिफ अस्लाम नेपाल आउँदै

ललिउड गायक आतिफ अस्लाम नेपाल आउँदै
सुन्नुहोस्

पाकिस्तानका चर्चित गायक आतिफ अस्लाम नेपाल आउने भएका छन् । सांगीतिक प्रस्तुतिका लागि उनी अप्रिल १२ मा नेपाल आउन लागेका हुन् । 

उनले अप्रिल १२ र १३ का दिन काठमाडौंको हायात रिजेन्सी परिसरमा प्रस्तुति दिने बताइएको छ । टारिस इन्टरटेन्टमेण्ट र एमजे प्रोडक्सनले उक्त कार्यक्रमको आयोजना गर्न लागेका हुन् ।

अस्लाम सांगीतिक प्रस्तुतिका लागि दोस्रोपटक काठमाडौं आउन लागेका हुन् । सन् २०१२ मा उनले दशरथ रंगशालामा प्रस्तुति दिएका थिए । उनको कन्सर्टको टिकेटिङ खल्ती डिजिटल वालेटबाट खरिद गर्न सकिन्छ । 

ललिउडका गायक उनको फ्यान पाकिस्तान, भारतलगायत विश्वभर छन् । उनले ‘तेरा होने लगा हुँ’, ‘दिल दिया गल्ला’ लगायत थुप्रै भावपूर्ण गीत गाएका छन् ।

पाकिस्तानी फिल्मी र मनोरञ्जन उद्योगलाई ललिउड भनिन्छ । अमेरिकाको हलिउड, भारतको बलिउड र नेपालको कलिउडको रुपमा प्रख्यात छन् ।

टिप्पणीहरू