भारतबाट फर्किएकी मेनुका एक वर्षे कार्यतालिकामा व्यस्त

भारतबाट फर्किएकी मेनुका एक वर्षे कार्यतालिकामा व्यस्त
सुन्नुहोस्

इन्डियन आइडलमा सहभागी भएर ’तहल्का’ मच्चाएकी गायिका मेनुका पौडेललाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । काँकडभिट्टा हुँदै आज झापा फर्किएकी मेनुकालाई स्थानीय र विभिन्न संघसंस्थाले फूलमालासहित स्वागत गरेका हुन् । 

उनलाई स्वागत गर्न गृहनगर चारआलीमा विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो । 

इन्डियन आइडलमा उनलाई ’दोस्रो लता मंगेशकर’ निकनेम समेत दिइएको छ । उनी गत आइतबार टप आठ बाट बाहिरिएकी थिइन् । मेनुकाले शोबाट बाहिरिए पनि आफूले सोचेभन्दा बढी उपलब्धी हासिल गरेको बताएकी छन् । 

उनले बहुप्रतिक्षित चलचित्र ’सलार’ मा समेत एउटा गीतमा स्वर दिइसकेकी छन् । उक्त गीतले सामाजिक सञ्जालमा राम्रै चर्चा बटुलेको छ । त्यसपछि आफूलाई अन्य चलचित्रबाट पनि गीतको अफर आइरहेको मेनुकाले बताइन् । 

उनले भनिन्, ‘सलारको गीतपछि अरु फिल्मबाट पनि अफर आइरहेको छ । इण्डियन इन्डष्ट्रीमा राम्रै भइरहेको छ । बलिउडको प्लेब्याक गायनमा पनि हात हालेकी छु, आफ्नो पनि तयारी गर्छु ।’ आगामी एक वर्षसम्म आफू फिल्म, रेकर्डिङ र कन्सर्ट गायनमा व्यस्त हुने बताइन् ।

टिप्पणीहरू