हिजो मरेँ,आज जिउँदै छु भन्न थालेपछि

हिजो मरेँ,आज जिउँदै छु भन्न थालेपछि
सुन्नुहोस्

भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेविरुद्ध प्रहरीमा उजुरी परेको छ । 

अधिवक्ता अली काशिफ खान देशमुख र अल इण्डिया सिने वर्कर्स एशोसियशनले उनीविरुद्ध प्रहरीमा छुट्टा-छुट्टै उजुरी दर्ता गराएका हुन् । लोकप्रियता कमाउने धुनमा निकृष्ट स्टन्ट देखाएको भन्दै पुनमविरुद्ध प्रहरीमा उजुरी परेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

गत शुक्रबार बिहानै पाठेघर क्यान्सरको कारण पुनमको मृत्यु भएको उनका म्यानेजरले सार्वजनिक गरेका थिए । पुनमकै इन्स्टाग्राममार्फत् यो कुरा बाहिर आएको थियो । त्यसपछि पुनमको मृत्युको खबर फैलियो । भारतका ठूला मिडिया बिबिसी हिन्दी, एनडिटिभी,जीन्युज, बलिउड हंगामा,दैनिक भाष्करलगायतले मृत्युको खबरलाई प्राथमिकताका साथ प्रकाशन गरे । 

तर, हिजो बिहान पुनमले एउटा भिडियो पोष्ट गर्दै आफू जीवित रहेको बताइन् । पाठेघरको क्यान्सरबारे सचेतना फैलाउन जानाजान मृत्युको खबर सार्वजनिक गरे पनि यथार्थमा आफू जीवितै रहेको उनको दावी थियो । 

लोकप्रियता कमाउन उनले आफ्नै मृत्युको झूठो खबर सार्वजनिक गरेको भन्दै छानविन तथा कारवाहीको माग गर्दै उजुरी परेको जनाइएको छ ।
 

टिप्पणीहरू