पशुपति प्रसादका लामिछाने 'मेयर' बन्दै

पशुपति प्रसादका लामिछाने 'मेयर' बन्दै

चलचित्र पशुपति प्रसादबाट एकाएक चर्चामा आएका लेखक तथा कलाकार खगेन्द्र लामिछाने 'मेयर' बन्ने भएका छन् । 

दिपेन्द्र के खनालले निर्देशन गर्न लागेको चलचित्र 'मेयर'मा उनी मेयरको भूमिकामा देखिन लागेका हुन् । यो चलचित्र सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको कथामा आधारित रहने बताइएको छ । 

चलचित्रको शुटिङका लागि 'लोकेसन' छनोट गर्न निर्देशक खनाल र अभिनेता लामिछाने सर्लाही पुगेका छन् । चलचित्रको सम्पूर्ण दृश्य सर्लाहीमा खिचिने निर्माण पक्षले जानकारी दिएको छ । 

सागर मैनाली र अरविसा थापाले लगानी गरेको मेयरको छायांकन फागुन १५ बाट शुरु हुने पनि जानकारी दिइएको छ । चलचित्रमा अर्पण थापा पनि केन्द्रीय भूमिकामा देखिदैछन् ।
 

टिप्पणीहरू