अर्बौं डलरका मालिक रहेका विश्व सुन्दरीहरु

अर्बौं डलरका मालिक रहेका विश्व सुन्दरीहरु
सुन्नुहोस्

सुन्दरताको परिभाषा व्यक्ति अनुसार फरक–फरक हुन सक्छ । कसैले विचारलाई आधार मानेर सुन्दरताको परिभाषा गर्लान्, कसैले शारिरिक बनावट र छालाको रंगलाई आधार मानेर परिभाषित गर्लान् । 

यहीबीच शारीरिक बनावट, व्यक्तित्व र क्षमतालाई आधार मानेर चर्चित म्यागाजिन ’डिएन’ ले संसारका सबैभन्दा सुन्दर पाँच महिलाको नाम सार्वजनिक गरेको छ । उनीहरु को को हुन् ? उनीहरुको सम्पत्ति कति ? लगायतबारे चर्चा गरौँ । 

जोडी कमर

संसारकै सबैभन्दा सुन्दर महिलाको पहिलो नम्बरमा जोडी कमर दर्ज भएकी छन् । ३० वर्षीया जोडी पेशाले अभिनेत्री हुन् । इंग्ल्याण्डको लिभरपूलमा जन्मिएकी उनले ’किलिङ इभ’, ’दी ह्वाइट प्रिन्सेस’, ’दी फ्री गाइ’ र ’हेल्प’ जस्ता चलचित्रमा काम गरेकी छन् । सन् २०१८ मा ’ब्रिटिश भोग’ले उनलाई प्रभावशाली महिलाहरुको सूचीमा राखेको थियो । ’डिएन’ म्यागाजिनले जोडीलाई शारीरिक सुन्दरता, व्यक्तित्व र क्षमताको आधारमा ९४.५२ अंकसहित संसारकै सुन्दर महिलाको पहिलो नम्बरमा राखेको छ । गुगलका अनुसार उनीसँग करिब एक अर्ब डलर बराबरको सम्पत्ति छ । 

जेन्डेया

उनको पूरा नाम जेन्डेया म्यारी स्टोर्मर कोल्म्यान हो । तर उनलाई सबैले जेन्डेया नै भन्छन् । २७ वर्षीया उनी पेशाले गायक तथा अभिनेत्री हुन् । क्यालिफोर्नियामा जन्मेकी उनले ’स्पाइडरम्यान’का विभिन्न सिरिजमा काम गरिसकेकी छन् । सन् २०२२ को विश्वका प्रभावशाली महिलाहरुको सूचीमा पनि छन् । उनलाई म्यागाजिन ’डिएन’ले विभिन्न मापदण्डको आधारमा ९४.३७ अंकसहित सुन्दर महिलाको दोस्रो नम्बरमा राखेको छ । उनीसँग दुई अर्ब ९३ करोड बराबरको सम्पति रहेको बताइन्छ । 

बेला हदीद

२७ वर्षीया बेला अमेरिकाको वासिङटनमा जन्मेकी हुन् । उनी चर्चित मोडल गिगी हदीदकी बहिनी हुन् । बेला पेशाले फेशन डिजाइनर र मोडल हुन् । १६ वर्षको उमेरमै करिअर सुरु गरेकी उनको फेशन चेतनालाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा राम्रै चर्चा हुने गरेको छ । उनले हालसम्म २७ पटक भोग म्यागाजिनको कभर ओगटेकी छन्, जुन अन्य सुन्दरीहरुको सवालमा भएको छैन । 

अनुहारको सुन्दरतालाई मात्र आधार मान्ने हो भने उनी संसारकै सर्वाधिक सुन्दर महिला हुन् । सौन्दर्य विशेषज्ञ डा. जुलियन डिसिल्भाको अध्ययन प्रतिवेदनमा उनी एक नम्बरमा अनुहार सुन्दर भएको युवती ठहरिएकी थिइन् । तर, व्यक्तित्व र क्षमतालाई आधार मानेर ’डिएन’ले बेलालाई ९४.३५ अंकसहित सुन्दर महिलाको तेस्रो नम्बरमा राखेको छ । उनीसँग २ अर्ब ५० करोड डलर बराबरको सम्पत्ति रहेको जनाइएको छ ।

बियोन्सी

बियोन्सी चर्चित अमेरिकी गायिका हुन् । उनले केही म्युजिक भिडियोहरु पनि खेलेकी छन्भ भने केही सौन्दर्य प्रडक्ट कम्पनीहरु पनि छन् । तर दर्शकहरुले उनलाई गायिकाकै रुपमा बढी चिन्छन् । उमेरले अहिले ४२ वर्ष पुगिन् तर उनको व्यक्तित्व र सुन्दरताले भने अझै पनि किशोरीको आभास दिलाउँछ । टेक्सासमा जन्मिएकी बियोन्सी सन् २०२१ मा विश्वका प्रभावशाली महिलाहरुको सूचीमा परेकी थिइन् । उनका दर्जनौं गीतले विश्व रेकर्ड बनाएका छन् । उनको सुन्दर, व्यक्तित्व र क्षमतालाई आधार मानेर डिएनले ९२.४४ अंकसहित सुन्दर महिलाको चौथो नम्बरमा राखेको छ । उनीसँग एक खर्ब ६ अर्ब ९३ करोड बराबरको सम्पत्ति रहेको गुगलले जनाएको छ । 

एरिना ग्राण्डी

एरिना विश्वका युवापुस्ता माझ निकै लोकप्रिय गायिका हुन् । ३० वर्ष उमेरकी एरिना फ्लोरिडामा जन्मेकी हुन् । सन् २००६ देखि गाउन थालेकी उनले अहिलेसम्म पाँच दर्जनभन्दा बढी गीत गाइसकेकी छन् । उनका गीतहरु प्रायः सामाजिक सञ्जालमा भाइरल हुने गर्छन् । गायनको अलावा उनी व्यवसायमा पनि आवद्ध छिन् । ’आरइएम’ नामक एउटा ब्युटी कम्पनी छ । उनी ९१.८१ अंकसहित ’डिएन’को सुन्दर महिलाको सूचीमा पाँचौ नम्बरमा परेकी छन् । उनीसँग ३१ अर्ब डलर बराबरको सम्पत्ति देखिन्छ ।

टिप्पणीहरू