नांगो फोटोशुट गराएर चर्चामा आएकी मोडलको अल्पायुमै निधन

नांगो फोटोशुट गराएर चर्चामा आएकी मोडलको अल्पायुमै निधन

भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको अल्पायुमै निधन भएको छ । केही वर्षयता पाठेघर क्यान्सरबाट पीडित उनको आज बिहान देहान्त भएको हो । 

पुनमको मृत्युबारे जानकारी दिँदै उनका म्यानेजरले इन्स्टाग्राममा लेखेका छन्, 'आजको बिहान हाम्रो लागि कठिन भयो । पाठेघरको मुखको क्यान्सरले हाम्रो प्यारी पुनमलाई गुमाउनु परेको छ ।  उहाँले दिएको योगदानलाई हामी सधैँ सम्झिरहनेछौ । शोकको यस घडीमा परिवारलाई यो पीडा सहन सक्ने क्षमता प्राप्त होस् भनी प्राथना गर्दछौ ।' 

भर्खर ३२ वर्ष पुगेकी पुनमले विभिन्न म्युजिक भिडियो र आधा दर्जन चलचित्रका काम गरेकी छन् । सन् २०११ मा क्रिकेट वल्र्डकप चलिरहेको बेला दिएको एक अभिव्यक्तिले चर्चामा आएकी उनको नांगो (टपलेस) फोटोशुट विवादमा परेको थियो । 

पछिल्लो समय कंगना रनौटले चलाएको टिभि रियालिटी शो लकअपमा पनि पुनम देखिएकी थिइन् ।
 

टिप्पणीहरू