ब्रह्मानन्दको पहिलो नेपाली लुक्स सार्वजनिक

ब्रह्मानन्दको पहिलो नेपाली लुक्स सार्वजनिक

दक्षिण भारतीय चलचित्रका चर्चित कमेडियन अभिनेता ब्रह्मानन्दको पहिलो नेपाली चलचित्रको पोष्टर सार्वजनिक भएको छ । उनको जन्मदिनको अवसर पारेर आज चलचित्र 'ह्रस्वदीर्घ' निर्माण टिमले पोष्टर सार्वजनिक गरेको हो । 

अभिनेत्री निता ढुंगाना र उनका श्रीमान तथा ज्योतिष हरिहर अधिकारीको निर्माण तथा चन्द्र पन्तको निर्देशन रहेको यस चलचित्रको प्रदर्शन मितिसमेत घोषणा गरिएको छ । उक्त चलचित्र ०८१ सालको असोज ११ मा रिलिज हुने बताइएको छ । 

 नेपाल र भारतमा छायांकन गरिएको यस चलचित्रबाट पुरानी अभिनेत्री विपना थापाले कमब्याक गर्दैछिन् । चलचित्रमा नीता र हरिहरका आलाव सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईंटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका कलाकारको पनि अभिनय रहेको छ ।

हिन्दी चलचित्र ‘गजनी’का अभिनेता विजय रावतले समेत 'ह्रस्वदीर्घ' मा अभिनय गरेको बताइएको छ ।
 

टिप्पणीहरू