पूर्वमन्त्रीलाई अकस्मात पक्षघात

पूर्वमन्त्रीलाई अकस्मात पक्षघात

पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य वसन्तकुमार नेम्वाङ अचानक बिरामी परेका छन् । पार्टी कामको सिलसिलामा गृहजिल्ला ताप्लेजुङमा रहेका उनी आज दिउँसो एक्कासी बिरामी परेका हुन् ।  

एमाले ताप्लेजुङका उपसचिव मणीशंकर पोमुका अनुसार केही बेरअघि सदरमुकाम फुङलिङस्थित पाथिभरा गेष्ट हाउसमा खाना खान लाग्दा नेम्वाङको हातबाट एकाएक मोबाइल खसेको थियो । तर,टिप्न खोज्दा नसकेको साथै मुख बांङिगएको देखेपछि तत्काल उपचारार्थ ताप्लेजुङ जिल्ला अस्पताल लगिएकोमा उच्च रक्तचापको समस्या देखिएको उनले बताए । 

नेम्वाङलाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकोप्टर झिकाइएको पोमुले बताए ।
 

टिप्पणीहरू