आँचलको बोल्ड तस्बिरमा रास्वपा सांसदको कमेन्ट : ‘ओएमजी शर्माजी...’

आँचलको बोल्ड तस्बिरमा रास्वपा सांसदको कमेन्ट : ‘ओएमजी शर्माजी...’
सुन्नुहोस्

अभिनेत्री आँचल शर्मा पछिल्लो समय चलचित्र ’डिग्री माइला’ को कारण चर्चामा आएकी छन् । रिलिजको तयारीमा रहेको उक्त चलचित्रमा उनले अभिनेता दयाहाङ राईसँग स्क्रीन सेयर गरेकी छन् । 

युवापुस्ताका चर्चित अभिनेतासँगै देखिन लागेपछि आँचल यस चलचित्रबाट निकै आशावादी छन् । तर सामाजिक सञ्जालमा उनको जति चर्चा हुने गरेको छ, त्यो अनुसारको दख्खल चलचित्रमा अहिलेसम्म देखिएको छैन । 

जब उनी सामाजिक सञ्जालमा कुनै तस्बिर सेयर गर्छिन्, त्यसको केही मिनेटमै प्रतिक्रिया दिने दर्शकहको भीड लागिहाल्छ । 

अभिनयले प्रभाव पार्न नसके पनि पनि शारीरिक सुन्दरताले प्रभाव पारेको कतिपय दर्शकहरुको टिप्पणी छ । सुन्दरता र फिट्नेसको लागि कसरत र योगा गर्ने गरेको उनी आफैले पनि बताउँदै आएकी छन् । 

उनले हालै केही बोल्ड तस्बिरहरु सेयर गरेकी छन् । उनले लेखेकी छन्, ’तनाव कम लिनहोस्, आनन्द लिनुहोस् ।’

उनको तस्बिरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा निर्देशक असिम शाहले पनि कमेन्ट गरेका छन् । उनले लेखेका छन्, ‘ओएमजी शर्मा जी, यति बोल्ड पहिले कहिल्यै देखेको थिएन ।’
 

टिप्पणीहरू