रोकिराखेको गाडीमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

रोकिराखेको गाडीमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

भक्तपुरमा भएको सवारी साधन दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिका– ४ चारदोबाटोस्थित सडकमा राखिएको गाडीमा  प्रदेश नं ३ –०२–००९ प ७००७ नम्बरको मोटरसाइकल ठोक्किँदा २४ वर्षका समन भुजेलको ज्यान गएको छ । 

सूर्यविनायक नगरपालिका–२, बालकोट निवासी भुजेल तीब्र गतिमा मोटरसाइकल हाँकेको कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । 

गएराति करिब १० बजेतिर भएको दुर्घटनापछि घाइते भुजेललाई उपचारको निम्ति मध्यपुर थिमि अस्पताल पुर्याइएको थियो । तर, उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल पछाडि बसेकी २० वर्षीया सोफिया ठकुरी घाइते भएकी छन् । हाल उनको उपचार भइरहेको बताइएको छ ।
 

टिप्पणीहरू