तीन ‘चक्लेटी हिरो’ एउटै चलचित्रमा

तीन ‘चक्लेटी हिरो’ एउटै चलचित्रमा

युवापुस्ता माझ राम्रै ’क्रेज’ बनाएका अभिनेताहरु प्रदिप खड्का र पल शाह एउटै चलचित्रमा देखिने भएका छन् । 

दिनेश राउतले निर्देशन गर्न लागेको चलचित्र ’पुजार सार्की’ मा यी दुईसँगै अभिनेता आर्यन सिग्देल पनि लिड रोलमा रहने बताइएको छ । अस्तिदेखि पोखरामा छायांकन सुरु भएको चलचित्रका सबै दृश्य त्यतै खिचिने निर्माण पक्षले जनाएको छ । 

चलचित्रमा अञ्जना बराइली र परीक्षा लिम्बु पनि मुख्य भूमिकामा देखिँदैछन् । त्यस्तै, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायत कलाकारहरुको पनि अभिनय रहनेछ ।

रोमान्टिक म्युजिकल ड्रामाको जनराबाट उदाएका उनीहरु सँगै देखिने भएपछि चलचित्रले राम्रै कलेक्सन गर्ने अनुमान गरिएको छ । चलचित्रको अन्तर्राष्ट्रिय अधिकारसमेत बिक्री भइसकेको छ ।

टिप्पणीहरू