बोलेरो दुर्घटनामा बालिकाको मृत्यु

बोलेरो दुर्घटनामा बालिकाको मृत्यु

बैतडीमा बोलेरो जीप दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ । आज दिउँसो भएको सो दुर्घटनामा १३ वर्षीया मनिषा विष्टको मृत्यु भएको हो । 

सु प प्र ०१००१ ज १५३७ नम्बरको बोलेरो जीप दोगडाकेदार गाउँपालिका-२ को कटौजपानीमा दुर्घटना हुँदा चालकसहितका अन्य ७ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए । 

उनका अनुसार प्रहरी टोली घटनास्थलमा पुगेर दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू