केन्याली विद्यार्थीको पत्र चिनियाँ राष्ट्रपतिलाई, मैत्रीपूर्ण सम्बन्ध कसिलो बन्दै गएको जवाफ

अफ्रिकी मुलुक केन्याका विद्यार्थी र चीनको राजधानी बेइजिङस्थित च्याओथोङ विश्वविद्यालयका पूर्व विद्यार्थीहरुले चीनका राष्ट्रपति सी चिनफिङलाई पत्र लेखेका छन् । पत्रमा उनीहरुले रेल सञ्चालन र व्यवस्थापनसम्बन्धी ज्ञान चीनमा सिक्न पाउँदाको खुशी व्यक्त गरेको बताइन्छ ।

केन्याका विद्यार्थीहरुको पत्रको जवाफ दिँदै राष्ट्रपति सीले मोम्बासा–नैरोबी ब्रोडगेज रेल्वे चीन–केन्या र सडक सहयोगको एक प्रमुख र सफल उदाहरण भएको उल्लेख गर्नुभएको छ । 

राष्ट्रपतिको जवाफी पत्रमा भनिएको छ, ‘यो सडक र रेलमार्गको माध्यमले केन्या र चीनबीचको सम्बन्धलाई बलियो बनाएकोमा म निकै खुशी छु । तपाईंहरुले चीन–केन्या र चीन–अफ्रिका बीचको मित्रता र सहयोगको साक्षी र त्यसबाट लाभ प्राप्त गर्नुभएको छ । त्यसैगरी चीन–केन्या र चीन–अफ्रिका बीचको मैत्रीपूर्ण सहयोग निर्माणमा मद्दत पुर्याउनुभएको छ ।’

ट्विटर : https://twitter.com/Echinanews/status/1751081838557454804                                                                            फेसबुक : https://www.facebook.com/echinanews/posts/781489850691375?

टिप्पणीहरू