ललितपुरमा विदेशी महिला मृत फेला

ललितपुरमा विदेशी महिला मृत फेला
सुन्नुहोस्

ललितपुरमा एकजना विदेशी नागरिक मृत भेटिएका छन् । 

ललितपुर महानगरपालिका–१६ नागबहालमा ५५ वर्षीय जर्मन महिलाको शव भेटिएको हो । ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्ने ति महिला आज बिहान मृत भेटिएको ललितपुर प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनी विगत एक वर्षदेखि सो अपार्टमेन्टमा बस्दै आएकी थिइन् । मृतकको परिचय नखुलेको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

टिप्पणीहरू