आमिरको फिल्मबाट प्रितिको कमब्याक

आमिरको फिल्मबाट प्रितिको कमब्याक

बलिउड अभिनेत्री प्रिति जिन्टा लामो समयपछि चलचित्रमा फर्कने भएकी छन् । पछिल्लो समय सफल व्यवसायीको छवि बनाएकी उनले १० वर्षपछि 'लाहोर १९४७'  मार्फत कमब्याक गर्न लागेकी हुन् । 

कुनैबेला बलिउडकी 'क्युट अभिनेत्री' भनेर चिनिने प्रितिले बिहे गरेपछि चलचित्रबाट टाढा भएकी थिइन् । व्यावसायिक सफलतासंगै कलाकारिताबाट टाढा रहेकी उनी अन्तत: चलचित्रमा फर्कने निर्णय लिएकी हुन् । 

चलचित्रमा उनले सनी देओलसँग स्क्रीन शेयर गर्ने बताइएको छ । 'गदर २' को सफलतापछि सनीले पनि यस चलचित्रलाई पहिलो प्राथमिकतामा राखेका छन् । यी दुई कलाकारले यसअघि 'हिरोः लभ स्टोरी अफ अ स्पाई', 'फर्ज' र 'भैयाजी सुपरहिट'मा सँगै काम गरेका थिए । 

'लाहोर १९४७' चलचित्रलाई बहुप्रतिक्षित रुपमा हेरिएको छ । किनकि चलचित्रलाई आमिर खानले निर्माण गर्दैछन् । अभिनयका बादशाह मानिने आमिरले यस चलत्रित्रलाई आफ्नै प्रडक्शनबाट निर्माण गर्न लागेका हुन् । 

भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार चलचित्रको सुटिक फ्रेब्रुअरीको पहिलो हप्ताबाट सुरु हुने बताइएको छ ।

टिप्पणीहरू