बानेश्वरमा भासिएको बस निकाल्न क्रेन मगाइयो

बानेश्वरमा भासिएको बस निकाल्न क्रेन मगाइयो
सुन्नुहोस्

काठमाडौँको नयाँ बानेश्वरमा गुडिरहेको बस सडकमा भासिएको छ । कोटेश्वरबाट रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस गुड्दागुड्दै भासिएको हो । 

बसको पछाडिपट्टीको एउटा चक्का सडकभित्र गाडिएको छ । बस निकाल्नका लागि क्रेन मगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । 

उनका अनुसार बस भासिनेबित्तिकै सबै यात्रु बाहिर निस्किएका थिए । ‘बस भासिएको छ । हामीले निकाल्नका लागि क्रेन बोलाएका छौं । अहिलेसम्म आइपुगेको छैन् । यात्रुहरु सबै सकुशल हुनुहुन्छ’, उनले भने ।

टिप्पणीहरू