मध्यपूर्वमा प्रतिबन्ध लागेपछि 'फाइटर'लाई धक्का

मध्यपूर्वमा प्रतिबन्ध लागेपछि 'फाइटर'लाई धक्का

बहुप्रतिक्षित बलिउड चलचित्र 'फाइटर'लाई ठूलो धक्का लागेको छ । भोलिदेखि विश्वभर प्रदर्शनमा आउन लागेको चलचित्रमाथि मध्यपूर्वका देशहरुमा प्रतिबन्ध लागेपछि फाइटर निर्माण समूहलाई धक्का लागेको हो । 

चलचित्रलाई बहराइन, कुवेत, कतार, साउदी अरब, युनाइटेड अरब, ओमानलगायतका देशमा प्रतिबन्ध गरिएको छ । तर, प्रतिबन्ध गर्नुको कारण भने बाहिर आएको छैन । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चलचित्रमा वायु सेनाको कथा प्रस्तुत गरिएको कारण प्रतिबन्ध लगाइएको अनुमान गरिएको छ । यो चलचित्रलाई अभिनेता ऋतिक रोशनको करिअरकै उत्कृष्ट चलचित्रको रुपमा हेरिएको थियो । 

यसको ट्रेलर सार्वजनिक भएसँगै चर्चा चुलिएको थियो । भारतमा यसको अग्रिम टिकट बुकिङ पनि राम्रो भइरहेको छ । 

चलचित्रमा ऋतिकसँगै दीपिका पादुकोण र अनिल कपूरको मुख्य भूमिका छ ।

टिप्पणीहरू