बोलेरो दुर्घटनामा चालकको निधन, दुईजना सिकिस्त

बोलेरो दुर्घटनामा चालकको निधन, दुईजना सिकिस्त

पोखरामा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

आज बिहान भएको दुर्घटनामा चालक कृष्णबहादुर थापाको निधन भएको हो । त्यस्तै, अन्य दुइजना घाइते भएका छन् । 

प्रहरीका अनुसार चालक थापा (४९), पोखरा १८ का हिमकला थापा(६९) र सोही स्थानकी चन्द्रकला थापा (७०) दुर्घटनामा घाइते भएका थिए । तीनै जनालाई तत्काल मणिपाल शिक्षण अस्पताल पुर्याइएकोमा चालक थापाको उपचारका क्रममा मृत्यु भएको हो । 

टाउकोमा गम्भीर चोट लागेका घाइते दुबैको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

आज बिहान ९ बजेतिर पोखरा महानगरपालिका-१८ चिसाखोलाबाट बाग्लुङ बसपार्कतर्फ जाँदै गरेको ग ३ च २६०३ नम्बरको बोलेरो सडकबाट झन्डै २० फिट तल खसेर सो दुर्घटना भएको हो ।

टिप्पणीहरू