काठमाडौं आउँदै गरेको रात्रिबस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं आउँदै गरेको रात्रिबस दुर्घटना, दुई जनाको मृत्यु

बर्दियाबाट काठमाडौँ आउँदै गरेको रात्रिबस दुर्घटनामा परेको छ । दाङको लमही नगरपालिका ९, रिहारमा भएको दुर्घटनामा दुई जना यात्रुको मृत्यु भएको बताइएको छ ।

प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दुर्घटना हुँदा बर्दियाको गेरुवा गाउँपालिका–१ का ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको छ । ४७ जना यात्रु रहेका उक्त बसमा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू