दार्चुलामा बस दुर्घटना, लमजुङमा आगलागी

दार्चुलामा बस दुर्घटना, लमजुङमा आगलागी

दार्चुलामा आज बिहान भएको बस दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बिहान सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको सुप–प्र–००१ ख १०३१ नम्बरको बस दुर्घटनामा परेको हो । घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । 

उता लमजुङमा भएको आगलागीमा एक जनाको मृत्यु भएको छ । मस्र्याङ्दी  गाउँपालिका ४, स्याँगेमा भएको आगलागीमा ४४ वर्षीया सन्तमाया श्रेष्ठको ज्यान गएको हो । 

प्रहरीका अनुसार कपडा पसलसमेत रहेको उक्त घर र मोटरसाइकल आगलागीबाट पूर्ण रुपमा जलेको छ ।

टिप्पणीहरू