प्रेमी र बहिनीसँग भ्याकेशनमा तापसी

प्रेमी र बहिनीसँग भ्याकेशनमा तापसी
सुन्नुहोस्

अभिनेत्री तापसी पन्नू यतिबेला करिअरकै 'हाइ-पिक'मा छिन् । १५ वर्षे करिअरमा नपाएको चर्चा अहिले चलचित्र 'डंकी'मा निभाएको भूमिकाले उनलाई दिएको छ । 

तापसीले यसअघि तेलूगू, तामिल र हिन्दी गरेर दुई दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेकी थिइन् । तर ती चलचित्रमा उनले खासै जादु गर्न सकिनन् ।  

संयोग भनौ वा भाग्य, राजकुमार हिरानीद्वारा निर्देशित 'डंकी'बाट भने उनको चर्चा एकाएक बढेको हो । चलचित्रले अहिलेसम्म साढे चार सय करोड कलेक्शन गरिसकेको छ । 

यही सक्सेसलाई सेलिब्रेशन गर्न उनी यतिबेला प्रेमीसँग व्यस्त छिन् । सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै तापसीले आफू बहिनी र प्रेमीसहित भ्याकेशन मनाइरहेको बताएकी छन् । तस्वीरमा उनी बहिनी र आफ्नो प्रेमीसँग निकै खुशीको मुद्रामा देखिएकी छन् । 

उनले लेखेकी छन्, 'विशेष दिन, विशेष मान्छे र विशेष ठाउँ ।' स्मरण रहोस्, तापसीले गत वर्ष माथियस बोईसँग प्रेममा रहेको खुलासा गरेकी थिइन् । माथियस एक चर्चित ब्याडमिन्टन खेलाडी हुन् । उनी एक पटक ओलम्पिक च्याम्पियन, दुई पटक वल्र्ड च्याम्पियन र चार पटक युरोपियन च्याम्पियन विजेता हुन् ।
 

टिप्पणीहरू