एक्टरमा प्रदिपसँगै आना पक्का

एक्टरमा प्रदिपसँगै आना पक्का

अभिनेता प्रदिप खड्काको बहुप्रतिक्षित चलचित्र 'एक्टर'मा अभिनेत्री आना शर्मा अनुबन्धित भएकी छन् । 

चलचित्रको निर्माण पक्षसँग लिखित सम्झौता गरेसँगै प्रदिप र आनाले पहिलो पटक स्क्रिन शेयर गर्ने पक्का भएको हो । दुई वर्षयता आनाले विभिन्न चलचित्रमा साइन गरे पनि ती चलचित्रहरु निर्माण हुन सकेका थिएनन् । अब भने 'एक्टर'मार्फत आनाको कमब्याक हुने अनुमान गरिएको छ । 

थमनकुमार भण्डारीको लगानी तथा राजन भुसालको निर्देशनमा बन्न लागेको यस चलचित्रलाई बहुभाषामा रिलिज गरिने बताइएको छ । 

चलचित्रका लागि महानायक राजेश हमाल यसअघि नै अनुबन्धित भइसकेका छन् । उनी केमियो भूमिकामा देखिने बताइएको छ ।

त्यस्तै, अभिनेता राजभल्लभ कोइराला पनि यही चलचित्रमार्फत कमब्याक गर्ने तयारीमा छन् । ९ वर्षयता उनको कुनै चलचित्र आएको छैन। 

चलचित्रको छायांकन फागुनको पहिलो हप्ताबाट सुरु हुने निर्माण पक्षले जनाएको छ ।

टिप्पणीहरू