टोखामा चाकु बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

टोखामा चाकु बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

माघे संक्रान्ति नेपालीहरुको निम्ति एउटा प्रमुख चाड हो । यसलाई मकर संक्रान्ति र माघी पर्व पनि भनिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास छ । 

सो दिन विभिन्न पवित्र नदी तथा त्रिवेणी नदीमा स्नान गर्नेको लर्को लाग्छ । मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर माघे संक्रान्ति मनाउने चलन छ । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंको टोखा क्षेत्र चाकुको बासनामा मग्मगाउन थालेको छ । 

चाकु उत्पादकलाई चाकु बनाउन र बिक्री वितरणमा भ्याइनभ्याइ छ । माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर व्यवसायीहरु चाकु बनाइरहेका छन् । जाडोमा शरीर तताउन चाकुको प्रयोग गरिन्छ । 

एक किलो सामान्य चाकुको एक सयदेखि १४० रुपैयाँसम्म पर्ने व्यवसायीहरु बताउँछन् । त्यस्तै, खुवाचाकु, सुत्केरीचाकु र स्पेशल चाकुको मूल्य प्रतिकिलो १८० रुपैयाँ राखिएको छ । टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उत्पादक छन् ।


 

टिप्पणीहरू