बनभोजबाट फर्केको बसले हान्दा तोयानाथको प्रणान्त, मोटरसाईकल पल्टिंदा लेखनाथ बिते

बनभोजबाट फर्केको बसले हान्दा तोयानाथको प्रणान्त, मोटरसाईकल पल्टिंदा लेखनाथ बिते

झापामा भएको दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुल नजिकै मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

मोटरसाइकल अनियन्त्रित भई पुलको साइडको पिलरमा ठोक्किँदा चालक कचनकवल–२ सुकुनाडिकीका ३१ वर्षीय धनपति पाठक र पछाडि सवार सोही स्थानका २८ वर्षीय लेखनाथ दाहाल घाइते भएका थिए । उनीहरुलाई तत्कालै बीएण्डसी हस्पिटल पुर्याइएकोमा दाहालको उपचारका क्रममा मृत्यु भएको र  पाठकको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

त्यस्तै, बिर्तामोड नगरपालिका–२ स्थित चारपानेमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका–८ का ४४ वर्षीय तोयनाथ उप्रेतीको मृत्यु भएको हो । 

वनभोज खाएर फर्किँदै गरेको उक्त बसको चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।a

टिप्पणीहरू