दुई शब्दका कारण मुख्यमन्त्रीलाई दुई मिनेटमै तनाव

दुई शब्दका कारण मुख्यमन्त्रीलाई दुई मिनेटमै तनाव
सुन्नुहोस्

-दिलिप कुँवर

काँग्रेसमा बिद्रोह गरि नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्की यौटा सानो गल्तीका कारण चर्को विवादमा परेका छन् । गुरुङ समुदायको विशेष पर्व तमु ल्होसारको उपलक्ष्यमा शुभकामना दिन उनले जारी गरेको वक्तव्य विवादित बनेको हो ।  

मुख्यमन्त्री कार्कीको वक्तव्यमा उनले नेपाल बहुधार्मिक एवम् बहुसाँस्कृति मुलुक भएको बताउँदै तमु ल्होसारले आम नेपालीबीच भातृत्व र एकताको भावना बढाउने विश्वास व्यक्त गरिएको छ । तर, प्रदेशको नाम नलेखिएको लेटरहेडमा शुभकामना संदेश जारी गरिएकाले उनी विवादमा मुछिएका हुन् । 

लेटरहेडको दायाँतिर 'विराटनगर नेपाल' मात्र लेखिएको छ । खासमा लेखिनुपर्ने 'कोशी प्रदेश, विराटनगर नेपाल' हो । अब यो गल्ती मुख्यमन्त्री वा उनको सचिवालयले जानेरै गरे वा नजानेर गरे, त्यो उनीहरु नै जानुन् । तर दुई शब्द 'कोशी प्रदेश' नलेख्दा मुख्यमन्त्री कार्कीले नराम्ररी गाली खानुपर्यो । 

‘तमु ल्होसारको अवसरमा माननीय मुख्यमन्त्रीज्यूले जारी गर्नुभएको शुभकामना सन्देशमा कोशी प्रदेश छुट्न गएकोमा सच्याइएको छ’ भनी प्रदेशको नाम पनि लेखिएको छ ।

शुभकामना वक्तव्य जारी भएको दुई मिनेटमै मुख्यमन्त्री कार्कीमाथि सामाजिक सञ्जालमा गाली बर्षियो । 'आफू बहुमतले प्रदेशको मुख्यमन्त्री हुने तर, त्यही प्रदेशसभाबाट बहुमतले पारित भएको कोशी नामलाई मुख्यमन्त्रीले अस्वीकार गरेको' भन्दै धेरैले प्रश्न गरेका छन् । 

चर्को आलोचना भएपछि मुख्यमन्त्री कार्यालयले सच्याएर अर्को वक्तव्य जारी गर्नुपर्ने अवस्था बन्यो । नयाँ वक्तव्यमा भने  ‘तमु ल्होसारको अवसरमा माननीय मुख्यमन्त्रीज्यूले जारी गर्नुभएको शुभकामना सन्देशमा कोशी प्रदेश छुट्न गएकोमा सच्याइएको छ’ भनि प्रदेशको नाम पनि लेखिएको छ ।

एमाले, कांग्रेस र माओवादी केन्द्रसहित प्रमुख दलहरुको सहमतिमा भएको कोशी नामाकरणको विषय चर्को विवाद छ । पहिचानवादी समूहले सो नाम अस्वीकार गर्दै लामो समयदेखि आन्दोलन गरिरहेका छन् । उनीहरुले सरकारी कार्यालयका साइनबोर्डबाट कोशी नाम मेट्ने अभियान नियो चलाएका थिए ।

टिप्पणीहरू