राजधानीमा मनाइएको उधौली पर्व (फोटोफिचर)

राजधानीमा मनाइएको उधौली पर्व (फोटोफिचर)
सुन्नुहोस्

किरात समुदायहरुको महान् चाड उधौली पर्व शुरु भएको छ । १५ दिनसम्म मनाइने उधौली पर्वको पहिलो दिन आज किरात समुदायले धुमधामका साथ मनाएका छन् । मानव, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेसी बसाइँ सर्ने समय भएको संकेत गर्न तथा नयाँ अन्नबाली भित्र्याइएको खुशीयालीमा उधौली पर्व मनाइन्छ । 

ललितपुरको हात्तीवनस्थित किरात समुदायको पूजास्थलमा भक्तजनहरुको भीड लागेको छ । काठमाडौं उपत्यकाभरका किराती पूजाआजाका लागि त्यहाँ पुगेका छन् । प्रकृति र पितृको पूजाअर्चना गरेर ढोल झ्याम्टाको तालमा नाँच्दै गाउँदै उनीहरुले सामूहिक रुपमा हर्षोल्लासका साथ उधौली मनाएका छन् । 

उधौली पर्वलाई सुनुवारले फोलस्याँदर, राईले उधौली साकेला, याक्खाले चासुवा र लिम्बुले चासोक तङ्नाम भन्ने गरेका छन् । किरात समुदायमा अन्नबाली लगाउने बेला उभौली पर्व मनाउने चलन छ ।

टिप्पणीहरू