पनौतीमा स्कुटर सडकबाट तल खस्यो, चालकको निधन

पनौतीमा स्कुटर सडकबाट तल खस्यो, चालकको निधन
सुन्नुहोस्

काभ्रेपलाञ्चोकको पनौतीमा स्कुटर दुर्घटनामा एक जनाको निधन र एक जना गम्भीर घाइते भएका छन् । पनौती १, बूढापोखरीमा भएको स्कुटर दुर्घटनामा चालक मंगलबहादुर श्रेष्ठको घटनास्थलमा ज्यान गएको बताइएको छ ।

स्कुटरको पछाडि बसेका कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बूढापोखरीबाट पर्खालचौरतर्फ जाँदै गरेको बा.४१प २५३२ नम्बरको स्कुटर सडकबाट २० फिट तल खसेको प्रहरीको भनाई छ ।

टिप्पणीहरू