अन्तरजाीय विवाहको निहुँमा हत्या र जातीय छुवाछुतमा संलग्नलाई जन्मकैद

अन्तरजाीय विवाहको निहुँमा हत्या र जातीय छुवाछुतमा संलग्नलाई जन्मकैद

रुकुम पश्चिममा साढे तीन वर्ष अघिको घटनामा संलग्न २३ जनालाई जन्मकैदको सजाय भएको छ । चौरजहारी नगरपालिका–८, सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित छ जनाको हत्यामा रहेका २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले आज उक्त आदेश गरेको हो ।

२०७७ जेठ १० गतेको उक्त घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको हो । कारागारमा रहेका उनीहरुलाई जातीय छुवाछुतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार जरिवानासमेत तोकिएको छ ।

कारागार बाहिर रहेका तीन जनालाई जातीय छुवाछुतको कसूरमा २ वर्ष कैदको सजाय सुनाइएको छ । दोषीहरुबाट जनही ४० हजार रुपैयाँ भराउन आदेश दिँदै सो रकम मृतकका परिवारलाई दामासाहीले प्रदान गर्न भनिएको छ ।

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक प्रेमिकालाई भगाउँदै बिहे गर्न सोती पुगेका थिए । मल्ल थरकी प्रेमिकाका घर गाउँलेले गरेको आक्रमणमा भेरी नदीमा नवराजसहित छ जनाको ज्यान गएको थियो । एक दर्जन घाइते भएका थिए ।

मृतक नवराजकी प्रेमिका, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाइएको हाे ।

टिप्पणीहरू